पछिल्लाे २४ घण्टामा थपिए ७७६ संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । हाल देशभर ९ हजार ५८० सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् ।

साथै पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक हजार ७४९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया