आइतबार थप ८३० जनामा संक्रमण पुष्टि, मृतक संख्या १,६९८ पुग्याे
२०७७ मंसिर २८ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३० कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या १ हजार ५ सय रहेको छ भने थप ९ जनाको मृत्यु भएको छ ।
आज क्वारेन्टिनमा ५१६ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या १० हजार ९९४ रहेको छ।
आजको अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । संक्रमितमध्ये २ लाख ३५ हजार ७३१ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ६९८ पुगेको छ ।
२०७७ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित









