सर्वदलीय बैठक : राप्रपाको भन्यो–‘राजासहितको लोकतन्त्र आवश्यक’ तर, जवाफमा कोही बोलेनन्
२०७७ मंसिर २३ गते

काठमाडौं । मंगलबार बसेको सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्रको माग उठेको छ ।
राप्रपाका नेता दीपक बोहराले राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गरेका थिए । तर, जवाफमा कोही बोलेनन् ।
नेता बोहोराले राजावादीहरुले गर्दै आएको प्रदर्शनमा आफ्नो पार्टीको नैतिक समर्थन रहेकोसमेत बताएका थिए ।
उनले सरकारले कोभिड नियन्त्रण गर्न नसकेको, औषधि व्यवस्थापनमा अनियमितता गरेको र भ्रष्टाचार बढेको भन्दै सरकारको चर्को आलोचना पनि गरेका थिए ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने उनै राजावादीहरुको आन्दोलनविरुद्ध एकजुट हुने समय आएको बताएका थिए ।
२०७७ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित









