सिरी ‘ए’मा युभेन्टसको रोमान्चक जित
२०७७ मंसिर २१ गते

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले टोरीनोलाई २-१ गोल अन्तरले पराजित गरको हो ।
युभेन्टसको जितमा वेस्टन म्याकेनन र लियोनार्दो बोनुचीले एक एक गोल गरेका थिए । त्यस्तै टोरीनोको लागि निकोलस एनकोउलोउले एक गोल गरेका थिए । यस खेलमा खेलको ९०औ मिनेटमा युभेन्टसका कार्लो पिन्ग्स्गलीओले रातो कार पाएका थिए ।
योजितपछि युभेन्टस १० खेलमा २० अंकसहित सिरी ए मा तेस्रो स्थानमा रहेको छ ।युभेन्टसले अब अर्को खेल च्याम्पियन्स लिग अन्तरगत आगामी मंगलबार राति बार्सिलोनासँग खेल्दै छ ।
२०७७ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित








