तनहुँ घटनाबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बुधबार पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्वयवहारको घटनाको विषयमा छलफल गर्न पार्टी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दिउँसो २ बजे सभापति निवास बूढानीलकण्ठमा बस्ने बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीहरुको सहभागी हुनेछन् । बैठकमा तनहुँमा पुल उद्घाटनका लागि पुगेका वरिष्ठ नेता पौडेलमाथि प्रहरीले गरेको दुर्व्यवहार र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने प्रवक्त शर्माले बताए ।

गृह जिल्लामा वरिष्ठ नेता पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिई तीन घण्टा राखेको थियो । पौडेल व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका थिए । बिहीबार पौडेलसहित कांग्रेस केन्द्रीय सदस्यहरू शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराईलगायत नेता/कार्यकर्तासहित पौडेलले पुल उद्घाटन गरेका थिए ।

प्रतिक्रिया