सुनको मूल्य बढ्यो, कारोबार कतिमा ?

काठमाडौँ । केही दिनदेखि घटेको सुनचाँदीको मूल्य आज भने बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुनप्रतितोला ९० हजार रुपियाँ, तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय २० रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया