विश्व हिन्दु युवा संघ बाजुराको अध्यक्षमा थुमराज, केन्द्रीय सदस्यमा आशिष

काठमाडौं । विश्व हिन्दु युवा संघ बाजुराको जिल्ला अध्यक्षमा थुमराज उपाध्याय मनोनित गरेका छन् । केन्द्रीय अध्यक्ष ऋषिकेश जंग शाहले नेपाल विद्यार्थी संघ बाजुरा काठमाडौं सम्पर्क समितिका सचिवसमेत रहेका उपाध्यायलाई जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् ।

यसैगरी बाजुराबाट डम्मरनाथ योगी (आशिष) केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । स्वदेश तथा विदेशमा समिति विस्तार गर्ने अभियान अन्तर्गत विभिन्न जिल्ला/बाल क्लब तथा विदेशमा मनोनीत गरिएको केन्द्रिय अध्यक्ष शाहले जानकारी दिए । उनी विश्व हिन्दु युवा संघको अध्यक्षका हैसियतले देशभर संगठन निर्माण तथा धार्मिक जागरणको कार्यक्रम गर्दै आएका थिए ।

शाह नेपालमा पूर्वीय दर्शनको नीति लागु हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने अभियानमा निरन्तर लागि रहेका छन् । विश्व हिन्दु युवा संघको जिम्मेवारी पाएको केहि महिनामै संगठनलाई देशभर विस्तार गरेर शाहले यसलाई बलियो धार्मिक संगठन बनाउन महत्त्वपूर्ण भूमिका समेत खेल्दै आएका छन् ।

प्रतिक्रिया