बाबुरामको आग्रह- ‘गणन्त्रको भात पाक्न ढिलो हुँदा राजतन्त्रको गोबर नखाऊ !’
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाहरुलाई गणतन्त्रको भात पाक्न ढिलो हुँदा राजतन्त्रको गोबर नखान सुझाव दिएका छन् । राजा र राजसंस्थाको समर्थनमा देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भएपछि बाबुरामले युवाहरुलाई यस्तो आग्रह गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले आधा गिलास उपलब्धिलाई जोगाएर बाँकि गिलास भर्ने कि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली गर्ने भन्दै राजसंस्थाको समर्थन गर्ने युवाहरुलाई प्रश्नसमेत गरे ।
बाबुरामले अगाडिको स्यालसँग लड्दा पछाडि लुकेको ब्वाँसो नर्बिसर्नसमेत सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय बाबुरामले शनिबार बिहानै ट्वीट गर्दै यस्तो लेखेका हुन् । उनले स्याल र ब्वाँसो दुवैसँग लडेर अघि जाने साहस गर्न युवालाई सुझाएका छन् ।
‘युवासंग आग्रह- गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ १ अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकीगिलास भरौं १ नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् । अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं । दुबैसॅग लडेर अघिजाने साहस गरौं’, बाबुरामले ट्वीटरमा लेखेका छन् ।
युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ!अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाॅकीगिलास भरौं;नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्!अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाॅसो नबिर्सौं!दुबैसॅग लडेर अघिजाने साहस गरौं!
— Baburam Bhattarai (@brb1954) November 28, 2020
काठमाडौं, जनकपुर, पोखरा, धनगढी, विराटनगरलगायतका सहरमा ‘राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, हिन्दु राज्य कायम गर र संघीयता खारेज गर’जस्ता संविधानका मूल विशेषतामाथि नै प्रश्न उठाउने गरी नाराबाजी भइरहेको छ ।