ब्राउनसुगरसहित ४ जना पक्राउ, अनुसन्धान जारी

झापा । ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका ७ बाट लागूऔषध ब्राउसुगरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा लागूऔषध बिक्री वितरण गर्ने सिताराम आङदेम्बे, उनीकी श्रीमती मनीषा मगर, लागूऔषध खरिदकर्ता धरान ५ का २४ वर्षीय कल्याण राई र धरान १६ का २४ वर्षीय रिजन लाकन्द्री रहेका छन् ।
मेचीनगर ७ सिद्धार्थ टोलस्थित एउटा घरमा भाडामा बसी लागूऔषध वितरण गरेको विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय, काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट २८ ग्राम नियन्त्रित लागूऔषध ब्राउसुगर, नगद १ लाख ३३ हजार रुपैयाँ र ३ थान मोबाइल सेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इप्रका काँकडभिट्टाले जनाएको छ ।









