उपत्यकाका दुई सीडीओ फेरिए : काठमाडौंमा पराजुली र भक्तपुरमा प्रेम भट्टराई
२०७७ मंसिर ७ गते

काठमाडौं । उपत्यकाका दुई जिल्लाका जिल्ला अधिकारी फेरिएका छन् ।
सरकारले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी काली पराजुली र भक्तपुरको प्रजिअको जिम्मेवारी प्रेम भट्टराईलाई दिएको छ ।
काठमाडौँका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । यस्तै भक्तपुरका सीडीओ भट्टराई भने धनुषामा प्रमुख जिल्ला अधिकारी थिए ।
हाल धनुषामा बन्धु बाँस्तोलालाई पठाइएको जनाइएको छ ।
सकारले काठमाडौंमा हाल कार्यरत रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरेसँगै नयाँ सीडीयोलाई जिम्मेवारी दिएको हो ।
दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा गरिएको गृह स्रोतले जानकारी दिएको छ ।
२०७७ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित









