‘नेकपा शीर्ष तहको समस्या तल्लो तलसम्म देखियो’

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाखरेलले केन्द्रीय नेतृत्वको विवादको असर तल्लो तहसम्म पुगेको बताएका छन् ।
नेकपाभित्रको विवाद झनै चर्किँदै जाँदा शनिबार चितवनमा नेकपा सांसद सुरेन्द्र पाण्डेविरुद्ध गरिएको नाराबाजी र हो–हल्लाको घटनापछि पोखरेलले यस्तो उल्लेख गरेका छन् । ‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउँछ,’ मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन्, ‘तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरू हुन्छ ।’
शनिबार चितवनको राप्ती नगरपालिकामा आयोजित एक कार्यक्रमा सरिक भएका सांसद पाण्डेविरुद्ध नेकपाकै सांसदहरुले नाराबाजी गरेका थिए । नेकपाभित्र पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका पाण्डेविरुद्ध प्रधानमन्त्रीलाई झुठो लाञ्छना लगाएको भन्दै उनीविरुद्ध नाराबाजी गरिएको थियो ।
कार्यकर्ताहरुले भने पार्टीभित्र गुट उपगुटको नेतृत्व गरी पार्टीलाई फुटको दिशातर्फ लाने तर आफ्नो क्षेत्रमा भने विकास निर्माणबारे कुनै चासो नदेखाएले नारबाजी गरेको बताएका छन् ।









