काेराेना संक्रमित जनस्वास्थ्य अधिकृतको मृत्यु

काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट जनस्वास्थ्य अधिकृतकाे मृत्यु भएकाे छ ।

सप्तरीकाे राजविराज वडा नम्बर २ का काेराेना संक्रमित जनस्वास्थ्य अधिकृत गाैरीशंकर देवकाे मृत्यु भएकाे हाे । उनी सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए । उनीमा दुई साताअघि कोरोना पोजेटिभ देखिएकाे थियाे ।

उनकाे नोबेल मेडिकल कलेज विराटनगरमा उपचार क्रममा शनिबार मृत्यु भएकाे हाे । कोरोना रिपोर्ट नेगेटिभ आएपनि क्लिनिकल्ली कोरोना डेथ भनिएको नाेबेलले जनाएकाे छ ।

प्रतिक्रिया