पछिल्लो कोरोना अपडेट : थप ७ जनाको निधन, नयाँ संक्रमित कति थपिए ?
मकालु खबर
२०७७ मंसिर ६ गते
कठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुुनेको संख्या १ हजार ३ सय ५ पुुगेको छ ।
यस्तै गत २४ घन्टामा थप १ हजार ६ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार २ हजार ३ सय २३ जनाले गत २४ घण्टामा कोरोना जितेका छन् ।
आजको थप अपडेटसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।
आज थपिएका संक्रमितहरुमध्ये ८ सय ९९ जना भने काठमाडौं उपत्यकाका रहेका छन् ।
मकालु खबर
२०७७ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित