छठ तराई-मधेस र पहाडका नेपाली समुदायबीचको सेतु हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा विकसित हुँदै आएको बताएका छन् । छठका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

सन्देश दिदै प्रधानमन्त्री ओलीले विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई हामी सामना गरिरहेका बेला छठ पर्व मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मनाउन आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘छठ पर्वको यस उल्लासका बीच विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई हामी सामना गरिरहेका छौं । यस महामारीमा मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मनाउन म सबैमा आह्वान गर्दछु ।’

कोरोना महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन, मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्याएको बताउदै प्रधानमन्त्री ओलीले सरकारले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको बताएका छन् ।

हेर्नुहोस् सन्देशको पूर्णपाठ :-

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977040231″ /]

प्रतिक्रिया