नेपाल प्रहरीमा थपियो एआइजी र डीआइजीको दरबन्दी, बढुवा र समायोजनको बाटो खुल्यो

काठमाडौं । नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)को दरबन्दी थप गरिएको छ ।

गृृह मन्त्रालयले पाँच डीआइजीको दरबन्दी थप्नुपर्ने भनी स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पेश गरेकोमा एआइजीको दरबन्दीसमेत थप गरेर स्वीकृत गरेको हो ।

दरबन्दी थपिएको सम्बन्धी पत्र बुधबार प्राप्त भएको गृह मन्त्रालयको प्रशासन महाशाखाका सह–सचिव थानेश्वर गौतमले बताएका छन् । उनका अनुसार दरबन्दी थप भएसँगै प्रहरी प्रधान कार्यालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ ।

प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआइजी रहेका छन् । यसअघि प्रशासनमा २६ जना डीआइजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आइजीपी भएका बेला गृहले १४ वटा दरबन्दी कटौती गरेको थियो । योसँगै प्रहरीमा बढुवा र समायोजनको बाटो खुलेको छ ।

प्रतिक्रिया