विष्णु पौडेलको प्रस्ताव–‘सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिऔं’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा केन्द्रीय सचिवालय सदस्य विष्णु पौडेलले सबै सदस्यहरुले राजीनामा दिनुपर्ने प्रस्ताव पेश गरेका छन् । बुधबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पौडेलले यस्तो प्रस्ताव राखेका हुन् ।
एक सचिवालय सदस्यका अनुसार आफूहरुले पार्टी आन्दोलनमा कहीँ पनि नपुर्याउने भन्दै पौडेलले यस्तो बताएका हुन् । ‘हामी सबै असफल भयौं । यसरी पार्टीको आन्दालेनमा कहीँ पनि पुर्याउँदैनौं । सबैले सामूहिक राजीनामा दिऔं ।’ पौडेललाई उदृत गर्दै ती सदस्यले भनेका छन् ।
सचिवालयमा नयाँ पुस्तालाई ल्याउनुपर्ने प्रस्ताव राखेका पौडेलले आक्रोशित हुँदै उक्त प्रस्ताव राखेको ती सदस्यको भनाइ छ । योसँगै आजको बैठक आउँदो १३ मंसिरसम्म स्थगित गरिएको छ । आजको बैठकमा प्रधानमन्त्रीसमते रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्को बैठकमा आफूले पनि प्रतिवेदन पेश गर्ने जानकारी दिएका थिए ।
यस्तै आगामी १८ मंसिरमा स्थायी कमिटीको बैठक बोलाइने भएको छ भने २५ गते केन्द्रीय कमिटीको बैठक डाक्ने सहमति भएको छ ।









