भीम रावलको चेतावनी- ‘पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि लाग्न नहुने बताएका छन् ।

दुई अध्यक्षबीच शक्ति संघर्ष चर्किएको बेला नेता रावलले पार्टी फुट जस्तो जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न चेतावनी दिएका हुन् । रावलले ट्वीट गरेका छन्- ‘फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं ।’

पार्टी भित्रको अहिलेको समाधान नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना भएको उनका भनाई छ । नेता रावलले बैठकबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया