मन्त्री योगेश भट्टराईले भने- ‘सर्वाधिक कठिन समय’
२०७७ मंसिर ३ गते

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो समय ‘सर्वाधिक कठिन समय’ भएको बताएका छन् ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला मन्त्री भट्टराईले बुधबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वाधिक कठिन समय’ । मन्त्री भट्टराई बिषय भने केही उल्लेख गरेका छैनन् तर, अप्रिय अवस्थाको संकेत दिएका हुन् । पार्टीभित्रको विवादलाई लिएर उनले लेखेको अनुमान छ ।
आजै सचिवालय बैठक बस्ने भनिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आजकाे बैठकलाई कतिपयले वारपारको बैठकको रुपमा हेरेका छन् । यही बैठक अघि उनले यस्तो लेखेका हुन् ।
सार्बधिक कठिन समय !
— Yogesh Bhattarai (@yogesbhattarai) November 18, 2020
२०७७ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित









