९७ लाख नगद चोरी गर्ने एक व्यक्ति पक्राउ

  • ध्रुवराज खनाल

चितवन । झण्डै १ करोड रुपैयाँ चोरी गर्ने एक जनलाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ९ काँडाघारीमा रहेको एपोलो पेन्ट्स प्रा.लि.को सेफ (लकर) फुटाई ९७ लाख रुपैयाँ कार्तिक २७ गते रातिको समयमा चोरी भएको थियो ।

कालिका नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४० का कबिराज थापाले चोरी गरेको खुल्न आएको र उनलाई पक्राउ गरीएको हो । थापा बस्ने कोठाभित्र खाटमुनि झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा नगद रू ५७,००,०००।– र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाएर राखिएको प्लाष्टिकको बोराभित्र छिपाई राखेको अवस्थामा नगद रू ४०,००,०००।– समेत गरी जम्मा रू ९७,००,०००।– सहित चोरी गर्न प्रयोग हुने औजारहरू फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट रु. १००० को नोट १ बण्डलमा १०० थान रहेका ९७ बण्डलमा कूल ९७ लाख, हेक्सा ब्लेड फ्रेम सहितको थान १ थान, फलामको रडबाट बनेको खुर्पी २ थान, हेक्सा ब्लेड खुल्ला १ थान, पहेलो, निलो रङ्गको बोरा १ थान, मगलजर्षी लेखिएको कालो झोला १ थान रहेका छन् ।

थापालाई चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चोरी कसूर अन्तर्गत आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया