दमक अस्पतालमा आगलागी
२०७७ कार्तिक २९ गते

दमक । विद्युत चुहिएर झापाको दमक नपा–१ मा रहेको दमक अस्पतालमा आज आगलागी हुदाँ लाखौंको क्षति भएको छ । सो अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो ।
अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत् चुहिएर आगलागी हुदाँ रु एक करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ ।
अपराह्न २ः०० बजेदेखि लागेको आगलागीबाट अस्पतालका लागि चाहिने औषधी पूर्णरुपमा नष्ट भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर खड्ग लिम्बुले बताए ।
नगरपालिकाका दुई दमकल, अस्पतालका कर्मचारी, प्रहरी तथा स्थानीयको सहयोगबाट करिब आधा घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
२०७७ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








