राजसंस्था पुनर्स्थापनाको माग गर्दै विराटनगरमा मोटरसाइकल र्याली [फोटो फिचर]
२०७७ कार्तिक २७ गते
![राजसंस्था पुनर्स्थापनाको माग गर्दै विराटनगरमा मोटरसाइकल र्याली [फोटो फिचर]](https://www.makalukhabar.com/wp-content/uploads/2020/11/044.jpg)
र्याली। तस्वीरः सुजाता लिम्बू, मकालु खबर।
विराटनगर । विराटनगरमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै मोटरसाइकल र्याली निकालिएको छ । ‘राजा जनता एक हौं, राजा आउ देश बचाउ’लगायतका नारासहित सोमबार (आज) र्याली निकालिएको हो ।

राष्ट्रिय झण्डासँगै पूर्वराजा–रानी ज्ञानेन्द्र–कोमल शाहको तस्वीरअंकित टिसर्ट लगाएर विराटनगरको कञ्चनबारीबाट महेन्द्र चोकसम्म र्याली निकालिएको थियो ।

दलको नेतृत्व असफल भएको, भ्रष्टाचारले सीमा नाघेकोलगायतका आरोप लगाउँदै राजसंस्था पुनर्स्थपानाबाट देशले निकास पाउने संयोजक सूरज कँडेलले मकालु खबरसँग बताए ।

उनले भने–‘राजाले जनताको हितका लागि राजगद्दी छोडेका थिए । तर, आज सत्तामा पुगेकाले आफू देखे पनि जनतालाई देखेनन् ।’ र्यालीमा १ हजार मोटरसाइकल सहभागी गराइएको आयोजकले जनाएको छ ।
२०७७ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित









