काेराेना संक्रमणबाट प्रदेश १ मा थप ५ जनाकाे मृत्यु

विराटनगर । पछिल्लाे २४ घण्टामा प्रदेश १ मा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट थप ५ जनाकाे मृत्यु भएकाे छ ।

झापाका २ जना, मोरङका २ जना र सुनसरीका एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । मृतकमध्ये ४ जना अस्पतालकाे आइसोलेसनमा थिए भने एक जना हाेम आइसोलेसनमा थिए ।

नाेबेल शिक्षण अस्पतालमा मात्रै तीन जनाकाे मृत्यु भएकाे छ । झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको बिहीबार बिहान ८ बजे, सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको साेही दिन बिहान करिब ८ बजे र मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि साेही दिन बिहान करिब ७ बजे मृत्यु भएको हाे । तीनै जनामा काेराेनाकाे लक्षण देखिएकाे थियाे ।

यस्तै मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा झापाको दमक–६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मृत्यु भएकाे छ । यसैगरी मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । दुवैमा श्वासप्रश्वासकाे समस्या देखिएकाे थियाे ।

प्रतिक्रिया