अन्ततः प्रधानमन्त्रीले बोलाए नेकपा सचिवालय बैठक

काठमाडौं । अन्ततः प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले शुक्रबार (ओलि) अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन् । सचिवालय सदस्य तथा महासचिव विष्णु पौडेलले दुई अध्यक्षसँगको परामर्शमा बैठक बस्ने तय भएको जानकारी दिए ।
नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शक्ति संघर्ष चर्किरहेका कारण बैठक राख्ने विषयमा समेत विवाद भइरहेका बेला यो बैठक तय गरिएको हो ।
कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई बैठक राख्न लिखित आग्रह गरेका थिए । त्यसपछि अल्टिमेटम घर्केपछि पनि तदारुकता नदेखाएका ओलीले भोलिका लागि बैठक बोलाएका हुन् ।
नौ सदस्यीय सचिवालयमा प्रचण्ड–नेपाल पक्षमा अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको साथ छ ।








