राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई कोरोना संक्रमण

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । केही दिनयता अस्वस्थ रहेका केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।

राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको जानकारी दिए  । अध्यक्ष केसीको स्वास्थ्य अवस्था सामान्य रहेको नेता शर्माकाे भनाइ छ ।

केसी करिब एक महिनादेखि भैरहवामा थिए । त्यही क्रममा रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो ।

मंगलबार बुटवलबाट काठमाडौं आएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । अध्यक्ष केसीले आफ्नो अवस्था अहिले सुधार हुँदै गएको जानकारी दिए ।

प्रतिक्रिया