काेराेना संक्रमणबाट धरानमा श्रीमान-श्रीमतीकाे मृत्यु

काठमाडाैं । धरानमा कोरोना भाइरसको संक्रमणबाट एकै घरका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१४ विजयपुरका श्रीमान् र श्रीमती रहेका छन् ।

कोरोना संक्रमित भएका उनीहरुको ३ दिनको फरकमा मृत्यु भएको हो । कोरोना संक्रमित ६७ वर्षीय श्रीमतीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर ल्याएपछि मृत्यु भएको जनाइएको छ ।

श्रीमतीको मृत्यु भएको तीन दिन पछि ७४ बर्षीय श्रीमानको आज बिहान मुत्यु भएको हाे । कात्तिक २१ गते स्वाब संकलन गरिएकोमा कात्तिक २३ गते उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियाे ।

प्रतिक्रिया