८५३ काेराेना संक्रमित निकाे हुँदा थप २,७३६ जनामा संक्रमण पुष्टि, २२ जनाकाे मृत्यु
२०७७ कार्तिक २५ गते

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर २,७३६ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार आज (मंगलबार) थप ८५३ संक्रमित निकाे भएर फर्किएका छन् भने २२ जनाकाे मृत्यु भएकाे छ । यस्तै क्वारेन्टिनमा १ हजार ५८ जना छन् भने ३८ हजार ३५ सक्रिय संक्रमित छन् ।
याेसँगै नेपालमा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १ हजार १४८ पुगेकाे छ । यस्तै कुल संक्रमित संख्या १ लाख ९९ हजार ७६० पुगेकाे छ भने संक्रमितमध्ये १ लाख ६० हजार ५७७ निकाे भइसकेका छन् ।
२०७७ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित









