वीपी प्रतिष्ठानमा माेरङका काेराेना संक्रमितकाे मृत्यु
२०७७ कार्तिक २४ गते

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे काेभिड अस्पतालमा माेरङका ६५ वर्षीय पुरूषकाे मृत्यु भएकाे छ ।
वीपीमा उपचाररत पथरी-१ का पुरूषकाे काेराेना संक्रमणबाट आज (सोमबार) बिहान ९:०५ मा मृत्यु भएकाे प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती बिरामी उच्च रक्तचाप र मधुमेहका दीर्घराेगी थिए ।
कार्तिक २३ गते वीपीमा भर्ना भएका उनीमा १३ गते संक्रमण पुष्टि भएकाे थियाे ।
२०७७ कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित









