माधव नेपाल समूहसँग छलफलमा प्रधानमन्त्री
२०७७ कार्तिक २३ गते

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसहित उनीनिकट नेताहरु भीम रावल र रघुजी पन्तलाई छलफलका लागि बोलाएका छन् ।
ओलीले नेपालको समूहसँग अहिले छलफल गरिरहेको बालुवाटार स्रोतले बताएको छ । नेकपा शीर्ष तहमा विवाद चुलिएको बेला ओलीले नेपालको समूहलाई बैठकमा लागि बोलाएका हुन् ।
अध्यक्ष प्रचण्डलाई अलग्याउने रणनीतिअनुसार माधव नेपालसहित उनको टिमलाई बालुवाटार बोलाइएको बुझिएको छ । नेकपामा खासगरी दुई अध्यक्षबीचमा राजनीतिक मनमुटाव चर्किएको छ ।
२०७७ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित









