वीर अस्पतालको आकस्मिक कक्षका चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । बुधबार वीर अस्पतालको आकस्मिक कक्षका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

कोरोनाको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् ।

अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा लेखिएको छ, ‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’

 

प्रतिक्रिया