बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमित, काठमाडौंमा कति थपिए आज ?

काठमाडौं । आज (मंगलबार) देशभर ३ हजार ११४ संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितमध्ये बागमती प्रदेशमा अत्यधिक रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेश १ मा ३०७, प्रदेश २ मा एक सय, बागमती प्रदेशमा २०३२, गण्डकीमा १८९, लुम्बीनीमा ३३७, कर्णालीमा ४६ र सुदूरपश्चिममा १०३ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा १ हजार ४६८ जनामा संक्रमण पुष्टि भएकाे छ । आजसम्म काठमाडौंमा १५ हजार ८६३, भक्तपुरमा १०१९ र ललितपुरमा २ हजार २६४ सक्रिय संक्रमित रहेका छन् ।

आज देशभरबाट थप ३ हजार १४२ संक्रमित डिस्चार्ज भएका छन् । मृतक संख्या एक हजार नाघेकाे छ भने ३७ हजार ४७६ सक्रिय संक्रमित छन् । क्वारेन्टिनमा १ हजार २७७ जना रहेका छन् ।

प्रतिक्रिया