३,१४२ कोरोना संक्रमित डिस्चार्ज हुँदा ३, ११४ जनामा संक्रमण पुष्टि, मृतक संख्या एक हजार नाघ्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,१४२ जना संक्रमित निको भएर फर्किँदा ३, ११४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे पुष्टि गरेकाे हाे ।

मन्त्रालयका अनुसार देशभर आजसम्म ३७ हजार ४७६ सक्रिय संक्रमित छन् । क्वारेन्टिनमा १ हजार २७७ जना रहेका छन् । यस्तै विभिन्न जिल्लामा गरी थप २० जना संक्रमितकाे मृत्यु भएकाे छ ।

आजकाे थप अपडेटसँगै देशभर कुल संक्रमितकाे संख्या १ लाख ७९ हजार ६१४ पुगेकाे छ । संक्रमितमध्ये १ लाख ४१ हजार १३४ जना डिस्चार्ज भइसकेका छन् । मृतक संख्या १ हजार ४ पुगेकाे छ ।

 

प्रतिक्रिया