‘भ्रष्ट सरकार चाँहिदैन’ भन्दै नेविसंघको प्रदर्शन

काठमाडौं । ‘भ्रष्ट सरकार चाँहिदैन’ भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रदर्शनमा उत्रिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा उनीहरूले प्रदर्शन गरेका हुन् । आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई विना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको उनीहरूकाे आराेप छ ।

षड्यन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेको, यातना दिने र झुठा मुद्दा लगाउने काम सरकारले गरेको प्रदर्शनमा उत्रिएकाहरूले बताएका छन् ।  प्रदर्शनमा सहभागीहरुले जनस्वास्थ्यमा खेलवाड गर्न पाईँदैन, भ्रष्ट सरकार चाँहिदैन, झुठा मुद्दा खारेज गर’ भन्दै नाराबाजी समेत गरेका थिए ।

 

प्रतिक्रिया