कार्तिक १३ गते विहिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक १३ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–त्रयोदशी,२३ घडी ०१ पला,दिउसो ०३ बजेर २५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–उत्तरभाद्रपदा,१७ घडी ४३ पला,दिउसो ०१ बजेर १८ मिनेट उप्रान्त रेवती । योग– हर्षण,५५ घडी ५५ पला,रातको ०४ बजेर ३५ मिनेट उप्रान्त बज्र । करण– तैतिल,दिउसो ०३ बजेर २५ मिनेट उप्रान्त गर,रातको ०४ बजेर २४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २० मिनेट । दिनमान २७ घडी ४७ पला । पञ्चक। अर्घाखाँचीमा सराय पर्व।

आजको बार बेला ।
बिहान ०६ बजेर १३ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर १४ मिनेटदेखी बिहान ७ बजेर ३७ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर ३८ मिनेटदेखी बिहान ९ बजेर ०० मिनेटसम्म उद्वेग बेला ।
बिहान ०९ बजेर ०१ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ४७ मिनेटसम्म लाभ बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखी दिउसो १ बजेर १० मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर ११ मिनेटदेखी दिउसो २ बजेर ३३ मिनेटसम्म काल बेला ।
दिउसो २ बजेर ३४ मिनेटदेखी दिउसो ३ बजेर ५७ मिनेटसम्म शुभ बेला ।
दिउसो ३ बजेर ५८ मिनेटदेखी बेलुकी ६ बजेर ५७ मिनेटसम्म अमृत बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०१ बजेर १० मिनेटदेखी दिउसो ०२ बजेर ३३ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरि तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । यात्राको योग रहेकोछ भने विदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा उल्लेख्य सुधार आई अरुलाई निकै पछाडि पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी बीचको सम्बन्धमा सुधार भएर जानेछ । दिगो काम गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । व्यापारमा लगानि बढाई भनेजस्तो नाँफा कमाउन सकिनेछ । दाजुभाईले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा मान जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ । राज्यको नजिक भई काम गर्नेहरुका लागि समयले साथ दिनेछ । मन परेको मानिसको साथ यात्रामा निस्कन सकिनेछ । निर्माण सामग्री,औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापारमा बृद्धि भएर जानेछ । अग्रज र आफन्तको समयोगले राम्रा काम गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । धर्म तथा सस्कृतिको बचाउमा समय खर्चनु पर्ने हुन सक्छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । समाजसेवामा मन जाने तथा मान सम्मानमा बृद्धि हुने योग रहेकोछ । सामाजिक काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धी न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाजिनेछ । तरपनि नसोचेको धन सम्पती हात लाग्न सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) एकल तथा साझेदारि व्यावसायबाट थोरै भएपनि नाँफा कमाउन सकिनेछ । साथिभाईहरु बीच मित्रताको बन्धन कसिलो भएर जानेछ भने माया प्रेम नजिक हुन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजनका साथ समय कटाउन सकिनेछ । यात्रामा समय खर्च हुने योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराउदै सकारात्मक नतिजा हात लाग्ने योग रहेकोछ । आयात निर्यात व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । मामा तथा मावली पक्षबाट तपाईँको काममा सहयोग तथा समर्थन पाईने हुँदा मन प्रसन्न हुनेछ । पुराना तथा थाति रहेका काम तथा आर्थिक मुद्दाहरु हल भएर जानेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घर जग्गा तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला बिचौलियाहरुले फसाउन सक्छन् । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउन मुस्किल रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पराक्रम भावमा गोचर गर्ने शुभ चन्द्रमाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुने योग रहेकोछ । उत्पादनमुखी उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ भने घरपरिवार र सन्तति पक्षको सहयोग मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । दैनिक उपभोग्य बस्तुको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ । कुटुम्बबाट आर्थिक सहयोग प्राप्त हुनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको व्यापारमा बृद्धि हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईँको चुम्बकिय व्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन प्राप्त हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया