मकवानपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु
२०७७ असोज २८ गते

चितवन । चितवनमा उपचाररत मकवानपुर हेटौंडाका कोरोना संक्रमित एक पुरुषको बुधबार साँझ मृत्यु भएको छ ।
हेटौंडा उप-महानगरपालिका-९, प्रगतिटोल बस्ने ६६ वर्षीय पुरुषको साँझ ६:१५ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
उनलाइ असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भए पछि भरतपुर अस्पताल भर्ना गरिएको थियो ।
भर्ना भएको भोलि पल्ट अर्थात २८ गते कोभिड १९ संक्रमण पुष्टि हुनुका साथै स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आइसियुमा राखी भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो।
२०७७ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित









