उपत्यकामा १,४०३ सहित थप २,६३८ जनामा कोरोना संक्रमण पुष्टि, २,१७४ जना डिस्चार्ज
२०७७ असोज २८ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । पछिल्लो २४ घण्टामा २, ६३८ संक्रमित थपिएका छन् । १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकाका १,४०३ सहित २, ६३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा १०२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार आज क्वारेन्टिनमा ४ हजार ६६६ रहेका छन् । ३६ हजार ३६७सक्रिय संक्रमितको उपचार जारी छ ।
२०७७ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित









