चितवन र पोखरामा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । चितवनमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीमा यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएकाे थियाे । काेराेना पुष्टि भएपछि हाेम आइसोलेसनमा बसिरहेका उनकाे आज बिहान ९:३० बजे मृत्यु भएको हो ।
यस्तै पोखरामा अर्का एक जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । स्याङ्जाको भिरकोट नगरपालिका–२ का ५२ वर्षीय महिलाको काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे ।
उनी असोज २६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् । उनकाे सघन उपचार कक्षमा उपचाररत स्याङ्जाको भिरकोट नगरपालिका–२ का ५२ वर्षीय महिलाको आज मृत्यु भएको प्रतिष्ठानले जनाएकाे छ ।









