‘कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भयाे’
२०७७ असोज २७ गते

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री गंगा दाहालले कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भएको बताएकी छिन् ।
सचिवालयमा रहेकी प्रचण्डपुत्री गंगाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएकी हुन् । नेतृत्वले देखेको एकताको सपना साकार पार्ने सबैलाई उनले धन्यवाद समेत दिएकी छिन् ।
उनले लेखेकी छिन् – ‘कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्तत: असफल भएको छ । पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार पार्न सकारात्मक भुमिका खेल्नुहुने सम्पुर्ण कमरेडहरुलाई बधाई छ ।’
आइतबार प्रदेशसभाका १८ सदस्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अहिले सहमति जुटेर मुख्यमन्त्री शाहीकाे पद जाेगिएपछि प्रचण्डपुत्री दाहालले यस्ताे प्रतिक्रिया जनाएकी हुन् ।
२०७७ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित









