८६ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण वीपीमा मृत्यु
२०७७ असोज २७ गते

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८६ वर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा धरान १५ का एक संक्रमितको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार हिजो भर्ना भएका ती पुरुषको सोहि दिन बेलुकी ५ः४० बजे मृत्यु भएको हो ।
प्रतिष्ठानमा योसँगै ५० जनाको उपचारको क्रममा मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालको उचित व्यवस्थापन र विरामीको रेखदेख समेत नभएकाले समस्या भइरहेको छ ।
यस अघि मृत्यु भएका संक्रमितका आफन्तहरुले समेत प्रतिष्ठानको कोभिड अस्पतालमा विरामीले उचित स्याहार सुसार नपाएको, भेन्टिलेटर तथा आइसियू नभएको तथा स्वास्थ्यकर्मीहरुले समेत नहेरेको आरोप लगाएका थिए ।
कोभिड अस्पतालमा हाल ७९ जना उपचाररत रहेका छन् ।
२०७७ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित









