काेराेना संक्रमणबाट माेरङका एक पुरूषकाे मृत्यु

विराटनगर । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ ।

मोरङको विराट शिक्षण अस्पतालमा उपचाररत सुन्दरहरैचा नगरपालिका ३ का ४३ वर्षीय पुरुषको आज (मंगलबार) बिहान मृत्यु भएको हो । ती पुरूषमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकाे थियाे ।

पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई विराटकै कोभिड अस्पतालमा भर्ना गरिएकाे थियाे । उपचारका क्रममा उनकाे बिहान ८:१० मा  मृत्यु भएकाे हाे ।

प्रतिक्रिया