डा. केसीसँग सहमतिपछि आवासीय चिकित्सकको आन्दोलन फिर्ता

काठमाडौं । अनशनरत प्रा.डा. गोविन्द केसीका मागको विषयमा मध्यरातमा सरकारसँग सहमति भएपछि आवासीय चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आज बिहान विज्ञप्ति सार्वजनिक गर्दै आवासीय चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी गराएका हुन् ।
आवासीय चिकित्सकले डा. केसीसँग भएका सम्झौतको प्रशंसा गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । डा. गोविन्द केसीको १९ औं आमशरण अनशनको २७ औं दिनमा डा. केसी र सरकारपक्षबचि भएको सम्झौताको खुलेर प्रशंसा गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।
सम्झौता भएका सम्पूर्ण कुराहरु कार्यान्वयन भएर २० औं अनशन बस्नुपर्नेस्थिति सिर्जना नहोस् भन्ने आशासहित असोज २४ गते विज्ञप्ति जारी गरेर सम्पूर्ण आवासीय चिकितसहले असोज २५ गते गर्ने भनिएको इमर्जेन्सी र कोभिडबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार लगायतका सबै कार्यक्रम फिर्ता गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ ।’









