नेपाल एयरलाइन्सलाई हङकङले किन गर्यो कारबाही ?
२०७७ असोज २० गते

फाइल फोटो
काठमाडौं । हङकङकाे नागरिक उड्डयन प्रशासनले नेपाल एयरलाइन्सलाई कारवाही गरेकाे छ । स्वास्थ्य प्रोटोकल उल्लंघन गरेको भन्दै हङकङको नागरिक उड्डयन प्रशासनले नेपाल एयरलाइन्सलाई दुई हप्ताका लागि उडानमा रोक लगाएको हाे ।
नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार नेपाल एयरलाइन्सको उडानबाट पाँच जना कोरोना संक्रमित यात्रुहरु विमानस्थलमा भेटिएपछि अक्टुबर १७ सम्मका लागि उडानमा रोक लगाएकाे हाे । निगमको विमानमार्फत् हङकङ गएका सबै यात्रुको पीसीआर रिपोर्ट हेरेरै पठाइए भएपनि त्यहाँ परीक्षण हुँदा पाेजेटिभ देखाएकाे उनकाे भनाइ छ ।
नेपाल एयरलाइन्सले अहिले हप्तामा २ उडान गर्दै आएको छ । नेपालबाट ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाए मात्रै हङ्कङ जान पाइने प्रावधान छ ।
२०७७ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








