दमक नगरप्रमुखलाई कोरोना पुष्टि, छाेरा र श्रीमती समेत संक्रमित
२०७७ असोज २० गते

झापा । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ ।
ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ । रासस
२०७७ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








