विदेश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

सुनसरी । विदेश पठाइदिन्छु भन्दै नगद २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ गरेका छन् । सुनसरीको ईटहरी उपमहानगरपालिका ४ बस्ने पर्वत कुश्मा नगरपालिका ११ घर भएका सुमन कार्की क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

ईटहरी उपमहानगरपालिका ६ संगित चोक बस्ने भोजपुर अरुण गाउँपालिका ५ याकु घर भएका पुरुषलाई विदेश पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय इटहरीको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया