महिला सञ्जालको अध्यक्षमा चेतना सेरेङ

धरान। महिला सञ्जाल धरानमा चेतना सेरेङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न ५ औं अधिवेशनले सेरेङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सञ्जालको कार्य समितिको कार्यकाल २ बर्षको हुन्छ । समितिको वरिष्ठ उपाध्यक्षमा सपना राई चयन भएका छन् भने उपाध्यक्षमा कोपिला भट्टराई र यशोदा कायस्थ चयन भएका छन् ।

यसैगरि, सचिव लहरुमाया जिमी, सहसचिवमा निर्मला शाक्य, सीता मगर चयन भएका छन् । कोषाध्यक्षमा सकुन्तला भुषाल र सहकोषाध्यक्ष निर्मला नेपाल सर्वसम्मत चयन भएका छन् ।

सञ्जालको कार्यसमिति १५ सदस्यीय रहने गरेको छ । अधिवेशनबाट पदाधिकारीहरु चयन हुन्छन् भने पहिलो बैठकले समिति विस्तार गर्ने निवर्तमान अध्यक्ष सविता राईले जानकारी दिइन् ।

तत्कालिन अध्यक्ष सविता राईको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा प्रमुख अतिथि एवं धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी, संस्थापक अध्यक्ष गंगा वरालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित भएको थियो ।

सञ्जालकाे कोषमा २ लाख १५ हजार रुपैया रहेको निवर्तमान अध्यक्ष राईले जानकारी दिइन् ।

प्रतिक्रिया