काेराेना संक्रमित प्रहरीकाे संख्या २,६४२ पुग्यो

काठमाडौं । पछिल्लाे समय काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या बढिरहँदा प्रहरीमा पनि बढ्दै गएकाे छ ।

अहिलेसम्म देशभर २ हजार ६४२ प्रहरीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । चार डीआईजीसहित  २ हजार ६४२ जनामा संक्रमण पुष्टि भएकाे हाे । संक्रमितमध्ये उपत्यकाका मात्रै ८६६ जना रहेका छन् ।

संक्रमितमध्ये १ हजार २०४ जना डिस्चार्ज भइसकेका छन् । ५७२ सक्रिय संक्रमितकाे उपचार भइरहेकाे छ ।

प्रदेश १ मा १५४, प्रदेश २ मा ९२, वाग्मती प्रदेशमा ८२, गण्डकीमा ८१, प्रदेश ५ मा १०२, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया