प्रदेश १ कोरोना अपडेट : थप ४ जनाको मृत्यु, ५४ नयाँ संक्रमित थपिए

विराटनगर । प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने सबै मोरङका रहेका छन् । विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १/१ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको अनुसार प्रदेश नं. १ मा आजसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २७ रहेका छन् । अन्य १२ जना प्रदेश १ बाहिरका रहेका छन् ।

प्रदेश नं. १ मा आज १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

आज थप ५४ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनागरका १४ महिला १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला ६ पुरुष, धरानका ४ महिला १ पुरुष, झापाको दमकका १ महिला २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ ।

प्रदेश नं. १मा आजनै १६ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन ।

प्रदेश नं. १मा डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज सम्म ९७ हजार २२१ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =