कोशी नदीको किनारमा एक युवतीको निर्वस्त्र शव फेला

धरान । सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं ९ स्थित सप्तकोशी नदीको किनारमा एक युवतीको निर्वस्त्र अवस्थामा शव फेला परेको छ ।

शनिवार (आज) बिहान करिब साढे सात बजे बराह क्षेत्र–९ को धरहरा टपन स्थित नदीमा अन्दाजी १८/२० वर्ष उमेरको जस्तो देखिने मंगोलियन अनुहार भएकी युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

ती युवतीको शरीरमा कपडा नभएको, अन्दाजी ५ फिट उचाइ भएको र कानमा सुन जस्तो धातुको कुण्डल लगाएको शव भेटिए पनि नाम, ठेगाना खुल्न नसक्दा सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्र नगर सुनसरीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिएका छन् ।

बेवारिसे फेला परेको सो शवलाई हाल धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । शव चिन्ने जो कोहीले प्रहरीलाई खबर गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =