१,०४० संक्रमित थपिँदा १,५६६ संक्रमणमुक्त भए : स्वास्थ्य मन्त्रालय
२०७७ भदौ २० गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । नेपालमा थप १,०४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार थप १,०४० जना संक्रमित थपिँदा थप १,५६६ संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
आथ थपिएका संक्रमितमध्ये ३५९ महिला र ६९२ पुरुष रहेका मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ४५,२७७ रहेको पनि मन्त्रालयले जनाएको छ ।
२०७७ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित








