विराटनगरमा कोरोना : थप दुई महिलाको मृत्यु
२०७७ भदौ २० गते

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ ।
त्यहाँस्थित कोशी अस्पतालको आइसोलेशन केन्द्र र घोपा आइसोलेशन केन्द्रमा गरी दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता मान बहादुर राईले मकालु खबरलाई जानकारी दिए ।
उनका अनुसार ६४ वर्षीया महिला र ४३ वर्षीया महिलाको मृत्यु भएको हो । उनीहरु दुवैजनाको स्वाब संकलनपछिको रिपोर्ट पोजेटिभ आएको थियो ।
योसँगै विराटनगरमा मृतकको संख्या १३ पुगेको छ भने प्रदेश नं. १ मा २५ जना संक्रमितहरुको मृत्यु भइसकेको छ ।
२०७७ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित








