ललितपुर प्रशासनद्वारा भोली विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश

काठमाडौं । ललितपुर प्रशासनले भोली विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको हो ।

रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।

आज रातो मत्स्येन्द्रनाथको रथयात्राका क्रममा स्थानीय र प्रहरीविच झडप भएको थियो । झडपका क्रममा स्थानीय सँगै एक प्रहरी घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =